ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई



sf7df8f}F @# df3 . zlxb :df/s P l8lehg lnudf laxLaf/ nlntk’/sf] ;ftbf]af6f]l:yt PGkmf sDKn]S;df dl5Rb| Sna / ;/:jtL o’y SnaaLrsf] v]ndf uf]n u/]kl5 dl5Rb| Snasf v]nf8Lx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

न्युज अफ नेपाल, काठमाडौँ ।

शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको छ । विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।

१३ खेलमा मछिन्द्रले १० मा जित २ मा बराबरी र १ मा हार सहित ३१ अंक रहँदै शीर्ष स्थानमा रह्यो । आर्मी १३ खेलमा आर्मीले ९ मा जित, समान २ मा हार र बराबरी सहित २९ अंक रहँदै दोस्रो स्थानमा रह्यो ।

नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए । १३ औं मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो। २० औं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो । २२ औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो ।

३३ औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै आत्मघाती गोल भएको थियो । बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाईते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो । खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो ।

बराबरी गरे पुग्ने अन्तिम खेलमा पराजित भएको त्रिभुवन आर्मी क्लब फेरि लिग च्याम्पियन हुन बाट चुक्यो ।

प्रतिक्रिया दिनुहोस्