मोरङमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ३ घाइते



सरोज यादव, विराटनगर ।

मोरङका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित कोशी राजमार्गमा शनिबार बिहान भएको टिपर दुर्घटनामा २ जनाको मृत्यू हुनुकासाथै एकजना गम्भीर घाईते भएका छन । बुढीगंगा गाँउपालिकाको वडानम्बर १ तथा विराटनगर प्रवेशद्वार नजिकैको कोशी राजमार्गमा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईलमा सवार २ जनाको मृत्यू हुनुका साथै एकजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक सिराहाका २० बर्षिय हरेराम साह र सिरहाकै लहानका २१ बर्षिय मोहम्मद ओजिर रहेको जनाइएको छ । यसैगरि सोहि मोटरसाईलमा सवार अर्का १९ बर्षिय युवा सप्तरी रुपनीका १९ बर्षिय धनराज यादव गम्भीर घाईते हुनु भएको छ ।उहाँको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तीन जना सवार रहेका प्रदेश २–०१ प १६०८ नम्बरको मोटरसाईकललाई विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले विराटनगर गेट नजिकैको सडकमा ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते दुईलाई कोशी अस्पताल लाँदालाँदै बाटोमा मृत्यू भएको प्रहरीले जनाएको छ । टिपर चालक ग्रामथान गाँउपालिका ७ का ३५ बर्षिय शशिकुमार थन्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका विद्यार्थीहरु गोल्डेन पार्क कलेजमा अध्ययनरत विद्यार्थी रहेको खुलेको छ । यस्तै मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित पूर्व पश्चिम लोकमार्गमा गए राति तिव्र गतिमा रहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन । तिव्र गतिमा रहेको को ३७ प १७ तथा को ३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा सुन्दरहरैंचा ८ बस्ने २२ वर्षका विशाल खत्री साथै सुन्दरहरैचा १२ बस्ने २३ वर्षका अर्पण गुरागाईँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३० वर्षीय लक्ष्मण खत्री तथा सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् ।

घाइते २ जनालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर ल्याइएको छ भने मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्