महिनावारी भए नभएको जाँच गर्न ६८ छात्रालाई जबर्जस्ती भित्रि वस्त्र खोल्न लगाइयो



ऐजेन्सी । भारतको गुजरातस्थित भुजको एक कलेजको होस्टेलमा महिनावारी भए नभएको जाँच गर्न प्रधानाध्यापकले ६८ जना छात्रालाई जबर्जस्ती कपडा फुकाल्न लगाएकी छन् ।

श्री सहजनन्द गर्ल्स इन्स्चिट्युडका होस्टेल ईन्चार्जले महिनावारी भएका विद्यार्थीले धार्मिक मान्यता नमानी मन्दिर र भान्सा कोठामा प्रवेश गरेको भन्दै प्रधानाध्यापकलाई सुनाएका थिए ।

कलेजकी प्रधानाध्यापक रिता रानिन्गाले होस्टेलम रहेका ६८ छात्रालाई शौचालयमा लगी महिनावारी भएरनभएको जाँच्न जबरजस्ती कपडा फुकाल्न लगाएकी थिइन् । अध्ययनका लागि होस्टेमा बसेका उनीहरुलाई भान्सा कोठामा जान समेत प्रतिबन्ध लगाइएको छ । यस्तै, महिनावारी भएकोबेला अन्य विद्यार्थीलाई छुन समेत प्रतिबन्ध लगाइएको छ ।

घटनाबारे प्रहरीमा उजुरी नपरेपनि क्रान्तिगुरू श्यामजी कृष्ण भर्मा कत्च विश्वविद्यालयका उपकुलपतिले अनुसन्धान गर्न समिति गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्