अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको जलेर मृत्यु, ६० जनाकाे सकुशल उद्दार



ऐजेन्सी । हैटीको अनाथालयमा आगलागी हुँदा कम्तिमा १५ बालबालिकाको जलेर मृत्यु भएको छ ।

अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हैटीको राजधानी पोर्ट औ पिन्समा संचालन गरेको अनाथालयमा आगलागी भएको हो । शुक्रबार अनाथालयको चर्चबाट सुरु भएको आगलागीमा ६० बालबालिका भने बाँच्न सफल भएका छन् ।

बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले अनुमान गरेका छन् ।

हैटीका राष्ट्रपति जोभेनल मोसीले ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । यस्तै, मोसीले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई कडा निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्