श्रीमानकै अगाडि बलात्कार, फरार अभियुक्त १२ वर्षपछि पक्राउ



न्युज अफ नेपाल, राजविराज ।

श्रीमानकै अगाडि बलात्कृत भएकी एक महिलाले १२ वर्षपछि न्याए पाएकी छिन् ।

बलात्कार गरेर फरार भएका हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादवलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ । सुनसरीको इनरुवामा मजदुरी गर्दै आएका यादव दम्पत्ति दसैं मनाउन २०६४ असोज २९ गते राति हनुमाननगर हुँदै घर फर्किरहेका बेला उनीहरुमाथि दुई जना लुटेराले आक्रमण गरेका थिए । लुटेराले यादवकै अगाडि श्रीमतीको बलात्कार गर्नुका साथसाथै उनीहरुसँग भएको १० हजार रुपैयाँ लुटेका थिए ।

पीडितले २०६४ असोज ३० मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितले दिएको उजुरीपछि सप्तरी जिल्ला अदालतले हरिनारायणलाई जबरजस्ती करणी र चोरी मुद्दामा ०६५ चैत ११ गते एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । तर, हरिनारायणले घटनाका बेलो आफू भारत पञ्जाबमा रहेको जनएका थिए । बयानपछि अदालतले २०६७ फागुन १२ गते दुवैजनालाई सफाइ दिएको थियो ।

अदालतको सजाय कम भएको भन्दै पीडितले तत्कालीन पुनरावेदन अदालत राजविराजमा निवेदन दिएका थिए । अदालतले हरिनारायणलाई पाँच वर्ष कैद र पाँच हजार क्षतिपूर्ति भराउने तथा खटरलाई एक वर्ष ६ महिना कैद सजाय गर्ने फैसला सुनायो। उक्त फैसलाविरुद्ध ०७३ चैत २५ गते आरोपीत दुवै जनाले सर्वोच्च अदालतमा पुनरावेदन गर्दै सफाइको माग गरेका थिए ।

तर, प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले पीडितका पक्षमा निर्णय सुनाएपछि अभियुक्त फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्