पूर्व राजदूतकी छोरीको छुरा प्रहारबाट एक जनाको मृत्यु



ऐजेन्सी । अमेरिकाका पूर्व राजदूतकी छोरीको छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

पूर्व राजदूत जोन नेग्रोपोन्टेकी २७ वर्षिया छोरी सोफिया नेग्रोपोन्टोलाई हत्या आरोपमा प्रहरीले बिहिबार राती पक्राउ गरेको हो । सामान्उ विवाद भइरहेको अवस्थामा सोफियाले २४ वर्षे युसुफ रासमुसेन नाम गरेका एक युवकलाई छुरा प्रहार गरकी थिइन् । घटना सम्बन्धि बिहिबार राती करिब सवा एघार बजे जानकारी पाएको मोन्टगोमेरी काउन्टी पुलिस र रकभिल पुलिसले बताएको छ ।

रासमुसेनको घटनास्थलमै मृत्यु भएको पुलिसले बताएको छ । उनको शवलाई मेरिल्याण्डको चिफ मेडिकल इक्जामिनरको अफिसमा पोष्टमार्टमको लागि राखिएको छ । सोफियालाई प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको छ ।

सोफियाका बुबा जोन सन् २००७ – २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा संयुक्त राज्य अमेरिकाको उप–सचिवको रुपमा कार्यरत रहेका थिए । यस्तै, उनले विभिन्न देशका राजदूतको रुपमा पनि कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्