विद्यार्थीलाई झोला र शैक्षिक सामाग्री वितरण



राम धामी, डडेल्धुरा ।

सामुदायिक बिद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण बढाउन सामुदायीक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।

निजी विद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला अमरगढी नगरपालिकासहित जिल्लाभरिका सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग संगै शैक्षिक सामाग्री वितरण गरिन थालिएको हो । चाईना फाउन्डेसनको सहयोगमा सफा सुनौलो नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरामार्फत झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

अमरगढी नगरपालिका–२ मौरडास्थित जिल्लाकै नमुना मानिने बैजनाथ माविमा शुक्रबार झोला वितरण कार्यक्रमको आयोजना गरी अमरगढी नगरपालिका भित्रका १६ वटा सामुदायीक बिद्यालयका बिद्यार्थीहरुलाई झोलासंगै कापी, सिसाकलम, ज्यामेट्रिबक्स र कलरबक्स वितरण गरिएको छ । डडेल्धुरा जिल्लाका ९१ सामुदायीक बिद्यालयका एक हजार एक सय ५५ गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री वितरण गरिनेछ ।

शुक्रबार अमरगढी नगरपालिका भित्रका १६ वटा सामुदायीक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लाई झोला र शैक्षिक सामाग्री वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको छ । छात्रालाई रातो र छात्रलाई हरियो रंगको झोलासहित प्रति विद्यार्थी आठ सय ३५ रुपैया बराबरको शैक्षि सामाग्री वितरण गरिएको रुडुक काठमाण्डौंका कार्यक्रम संयोजक कमल रावलले बताए । नेपालका ६३ जिल्लाहरुमा झोला वितरण गर्ने अभियान अन्तर्गत डडेल्धुराका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लाई झोला र शैक्षिक सामाग्री वितरण गर्न लागिएको उनले जानकारी दिए ।

बिद्यार्थीहरुलाई झोला र शैक्षिक सामाग्री वितरणगर्दै जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालवालिको पढाईमा सघाउन अभिभावकहरुलाई आग्रह गरे । गुणस्तरीय शिक्षाले बालवालिकाको भबिष्य उज्जल हुनुका साथै राष्ट्रको मुहार फेरिने भएकाले आफ्ना बालबालिकाहरुको पढाईमा बिषेश ध्यान दिन अभिभावक र शिक्षकलाई उनले आग्रह गरे । झोला र थोरै भए पनि सहयोगी संस्थाले शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद दिदै उनले बालवालिकाको पठनपाठन कार्यमा अभिभावकले चनाखो हुनुपर्ने औल्याए ।

सातवटै स्थानिय तहमा रहेका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई झोलासहित शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा अमरगढी नगरमा वितरण गरिएको रुडकु डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन । विपन्न समुदायका जेहन्दार बिद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले झोलासंगै शैक्षिक सामाग्री वितरण गरिन थालिएको उनले जानकारी दिइन ।

विद्यालयमा पढाईको गुणस्तर सुधार गर्न र सामुदायिक बिद्यालय तर्फको आकर्षण बढाउन झोला र शैक्षिक सामाग्री वितरण गरिएको सफा सुनौलो नेपालका प्रतिनिधि कृष्णप्रसाद ढकालले बताए । सरकारले ल्याएको नँया शिक्षा ऐनमा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई मात्र छात्राबृत्ति दिने उल्लेख गरेकाले महंगो शुल्क तिरी निजी बिद्यालयमा अध्ययन गर्नु भन्दा मेहनत गरेर सामुदायिक बिद्यालयमा अध्ययन गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन ।

शिक्षक, अभिभावकले महत्व दिई सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन सकिएमा चर्काे शुल्कको भार कुनै पनि अभिभावकले मोल्नु नपर्नेमा सहभागीहरुको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्