‘लिभिङ्ग टुगेदर’ मा रहेकी युवती झुण्डिएको अवस्थामा मृत फेला, प्रेमी पक्राउ



मोतीराम तिमल्सिना, काभ्रे ।

लामो समय देखि लिभिङ्ग टुगेदरमा रहेकी युवतीले आत्महत्या गरेको भन्दै उपचारका लागि अस्पतालमा पुर्‍याए पछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरीले मृत अवस्थामा रहेकी युवतीको शव परिक्षणका लागि शिक्षण अस्पताल पठाएको छ ।

रोशी गाउँपालिका वडा नम्वर ८ मंगलटार घर भई बनेपा ११ सिनागालमा डेरा भाडामा बस्दै आएकी १९ बर्षिया युवती रञ्जिता तामाङले आफ्नै डेराको झ्यालमा आफैले लगाउने सुईटर घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा देखे पछि उनीसँग लिभिङ्ग टुगेदरमा रहेका युवक रोशी गाउँपालिका वडा नम्वर ५ घर भएका २२ बर्षिय तिर्थमान लामाले अस्पताल पु्र्‍याका थिए । उपचार नहुँदै युवतीको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

बनेपामा डेरामा बसी थान्का लेख्दै आएकी युवती रञ्जिताका भाई र बहिनी त्यहि घरको माख्लो तल्लामा डेरामा बस्थे । तिर्थमान र रञ्जिता एउटै डेरामा बसे पनि खाना भाई र बहिनीसँगै खाने गरेका थिए । तीर्थमान मजदुरी गर्दै आएका थिए । रञ्जिताको बुबा हुनुुहुन्न भने आमा बैदेशिक रोजगारमा हुनुुहुन्छ । बैदेशिक रोजगारमा रहेकी आमाले रञ्जिता र तिर्थमानको विवाह गरिदिने भएकाले आफु नआउँदासम्म भाई बहिनीको रेखदेख गरेर सँगै बस्ने अनुमति दिएकाले सँगै बसेको युवक तिर्थमानले बताएका छन् ।

‘सधै झै खाना खाएर तल कोठामा झर्‍यौं, म भिनाजुकोमा गएर साँझ ९ बजे कोठामा आउँदा उनि झुण्डीएको अवस्थामा देखें, तत्काल उनको पासो काटेर मैले अस्पताल पुर्‍याएँ तर उनि बाँचिनन्’–युवक तिर्थमानले भने–‘हामी बीच कुनै असमझदारी र झगडा भएको थिएन ।

रञ्जिताको आमा विदेशबाट फर्किए पछि विवाह गरिदिउला भनेकाले सँगै बस्दै आएका थियौं । भाई बहिनीको रेखदेखका लागि सँगै बसेका हौं । नत्र हामी विवाह गरेर भाग्ने योजनामा थियौं ।’ प्रहरीले युवतीको मृत्युका बारेमा युवक तिर्थमानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्