कालिकोटमा अर्गानिक मिसन सुरु



कालीबहादुर मल्ल, कालिकोट ।

कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्राङ्गारिक (अर्गानिक) क्षेत्र घोषण गर्ने निणर्यलाई कार्यान्वयन गर्न कालिकोटमा अर्गानिक मिसन अभियान सुरु गरिएको छ । यसै अन्तरगत कृषि विकास कार्यालय कालिकोटले बिहीबार अर्गानिक मिसन कार्यक्रम सम्वन्धि अभिमूखिकरण कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

व्यावसायीक प्राङ्गारिक तथा रैथाने वालीहरुको उत्पादन र वजारीकरणवीचको दूरीलाई कम गर्दै विशेष प्राङ्गारिक मूल्य श्रृङ्खलाको विकास गर्ने उद्देश्यका साथ अभियान सरु गरिएको छ ।

कालिकोट जिल्लाका अगुुवा कृषक,पत्रकार,अर्गानिक कृषि अभियान्ता लगाएतको उपस्थितिमा जिल्ला सदरमुकाम मान्ममा आयोजित एक दिने गोष्ठिमा जिल्लालाई अर्गानिक वानउने सम्वन्धमा छलफल भएको छ ।

कार्यक्रममा प्राङ्गारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्ड सम्बन्धी निर्दे्शिका, २०६४ बमोजिम तथा उत्पादक र उपभोक्ता लगायतका सरोकारवालाहरुको सहभागीतामा स्थानीय परिवेश अनुसार तयार गरिएको मापदण्ड बमोजिम उत्पादित तरकारी, खाद्यान्न तथा फलफूल उत्पादन विषयमा जानकारी गराइएको थियो ।

कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत वस्नेतले अर्गानिक उत्पादन भन्नाले रासायनिक विषादी प्रयोग नगरी सुरक्षित उत्पादन गर्दै कम्तीमा आगामी ६ वर्ष भित्र प्राङ्गारिक उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरेको प्राङ्गारिक खेतीतर्फ उन्मुख उत्पादकवाट उत्पादित स्वघोषित उत्पादन भनिने वताउनु भयो ।

पत्रकार एवम अर्गानिक कृषि अभियान्ता कालीवहादुर मल्ल,अगुवा कृषक टेकवहादुर शाही,कृषि प्रविधिक परेकवहादुर शाही लगाएतले कालिकोट जिल्ला रैथाने अर्गानिक कृषि र रैथाने वाली संरक्षण गरमो मात्र कालिकोट आत्मनिर्भर स्वास्थ हुने धारणा राख्नु भयो ।
कालिकोट जिल्लामा रैथाने बालिहरु कोदो,फापर,उवा,ओखर,सिमि,चिनो, कागुनो अत्याधिक मात्रामा उत्पादन गर्न सकिने सम्भावना रहेको कृषि विकास कार्यालय बागवानी अधिकृत चन्द्रवहादुर शाहीले वताउनु भयो ।

कार्यक्रममा सहभागिहरुले जिल्लाका प्रत्यक स्थानीय तहमा स्थानीय भूगोल र विषेशता अनुसारको कृषि विकास रणनीति वनाउनुका साथै रैथाने तथा अर्गानिक कृषिमा अनुदान दिनु पर्ने वताउनु भयो ।

रैथानेवाली संरक्षण तथा अर्गानिक मिसन सफल पार्न रैथानेबाली अर्गानिक खेती प्रबिधि संबन्धि तालिम तथा प्रबिधि सहयोग,होटल ब्यावसायिहरुलाई अर्गा्निक तथा रैथाने वाली परिकार संबन्धि तालिम,अर्गा्निक खेती प्रबिधि संबन्धि तालिम तथा प्रबिधि सहयोग,रैथाने वालीको बीउ संरक्षण तथा प्रबर्द्ध प्रोत्साहन,अर्गा्निक तथा रैथाने वाली संबन्धि बृत्तचित्र निर्मा,जिल्लामा रहेका रैथाने वालीको प्रोफाइल तयारी लगाएतका कार्यक्रमहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्