पर्वतका संघीय सडकलाई थप १० करोड बजेट



दुर्गाप्रसाद शर्मा, पर्वत । 

पर्वत जिल्लाका ६ वटा संघीय सडकका लागि थप १० करोड रकम विनियोजन भएको छ ।

चालु आर्थिक बर्षमा नै खर्च गर्ने गरी पर्वत जिल्लाका संघीय सडकका लागि थप १० करोड रकम विनियोजन भएको हो । प्रत्येक निर्वाचन क्षेत्रका सडकमा १० करोड रकम उपलब्ध गराउने मन्त्रालयको निर्णय अनुसार पर्वतमा ६ सडकका लागि उक्त रकम विनियोजन गरिएको छ । गत बर्ष रणनैतिक सडक अन्तर्गत बर्गिकरणमा राखेर संघिय सरकारबाट बजेट थप गरिएका सडकहरुलाई नै यस बर्ष रकम थप गरिएको छ ।

बजेट थप गरिएका सडकहरुमा कुश्मा देखि दुर्लुङ हुँदै क्याङ सडकका लागि २ करोड रकम थप भएको छ । यसैगरी सहस्रधारा देखि पाङ टार हुँदै ततरकोटसम्म पुग्ने सडकका लागि पनि २ करोड रकम विनियोजन भएको छ । साइकलचोक देखि गहतेपोखरा हुँदै ठुलिपोखरी पुग्ने सडकको लागि पनि २ करोड रकम विनियोजन भएको छ ।

यसैगरी वहाकी देखि रानीपानी बर्राचौर हुँदै रानीपानी जोड्ने सडकको लागि समेत २ करोड रकम थप भएको छ । संघले रणनैतिक सडक अन्तर्गत राखेको कुश्माको छमर्के खुर्कोट हुँदै हलहले जोड्ने सडकका लागि चालु आवमै खर्च गर्ने गरी १ करोड रकम विनियोजन भएको छ । उता, कालीगण्डकी लोकमार्ग अन्तर्गत माझफाँट घुमाउने ताल देखि माझफाँट कुश्मा मिर्मि सडकको सिमा जोड्ने सडकका लागि समेत १ करोड रकम थप भएकोछ । यो सडक रणनैतिक सडक अन्तर्गत यस बर्षको नयाँ सडक हो । बजेट विनियोजन भएका सडक मध्ये साइकल चोक देखि गहतेपोखरा हुँदै ठुलिपोखरी जोड्ने सडक र कालीगण्डकी लोकमार्गको सडक डिभिजन सडक कार्यालय पोखरा मार्फत हुँदैछ भने बाँकी सडकहरुको काम डिभिजन सडक कार्यालय बागलुङले गर्नेछ ।

बजेट विनियोजन भएका सडक मध्ये साइकल चोक देखि ठुलिपोखरी सडक, कुश्मा देखि दुर्लुङ हुँदै क्याङ सडक तथा सहस्रधारा पाङ टार हुँदै ततरकोट सडक संघिय रणनैतिक सडक अन्र्तगत थिए । यी सडकहरु आफ्नो कार्यकाल भित्र रणनैतिक सडक अन्तर्गत सवै खण्ड कालोपेत्र सक्ने लक्ष्य रहेको प्रतिनिधिीका सदस्य पदम गिरीले बताउनुभयो । ‘जिल्लाका मुख्य सडकहरु कालोपत्रे गर्ने योजना अनुसार नै संघीय सडकहरुका लागि थप बजेट बिनियोजन भएको छ ’ उहाँले भन्नुभयो ‘पर्वतका सबै वडामा नेकपाको सरकार रहेकै अबस्थामा सडकहरु कालोपत्रे गरि सक्ने लक्ष्य लिएका छौ’

यस्तै राष्ट्रिय लोकमार्गको रुपमा रहेको उत्तर दक्षिण सडक जोड्ने कालीगण्डकी लोकमार्गमा पनि बजट थप भएको छ । कालीगण्डकी लोकमार्गको मिर्मिदेखि पर्वतको सेतीबेणीसम्मको सडकको ट्रयाक्क खन्ने र स्तरोउन्नती गर्ने कार्यका लागि समेत ४० करोड रकम संघिय सरकारबाट विनियोजन गरिएको छ । उक्त खण्डमा १० किलोमिटर सडक कालोपत्रेका लागि यस बर्ष ५४ लाख रुपैया माग गरिएकोमा ४० करोड बिनियोजन भएको कालीगण्डकी करिडोर गैंडाकोट मालढुंगा आयोजनाका प्रमुख नरेन्द्र सुबेदीले बताउनुभयो । सेतीबेणी देखि रानीपानी खण्डमा कालोपत्रेको काम भैरहेको छ । आँधीखोला, सेतीबेला, लमायखोला र मोदीखोलामा पुल निर्माण भैरहेका छन । मोदीखोला र सेतीखोलाको पुल यसै बर्ष्भित्र तयार हुनेछन । ‘मागे अनुसार बजेट प्राप्त भएको भए मिर्मी देखि सेतीबेणी सम्मको सडक सबै कालोपत्रे हुन सक्थ्यो’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्