काँग्रेस रुपन्देहीद्धारा तीन दिनका लागि सबै कार्यक्रम स्थगित



यमलाल भुसाल, बुटवल ।

नेपाली काँग्रेसरुपन्देहीका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्याको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खाँनले बताउनु भयोे ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि पार्टीमा आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहनुभएका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा रहेका छन् ।

उहाँको लुम्बिनीमै अन्तिम संस्कार गरिएकोे प्रदेशसभा सदस्य खाँनले बताउनुभयो । यसै बीच काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य उपाध्यायको निधन प्रति नेपाली काँग्रेस रुपन्देहीले शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले शोक वक्तब्य जारी गर्दै स्वर्गीय नेता उपाध्यायको आत्माको चिर शान्तीको कामना र परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापती तथा महाधिवेशन प्रतिनिधि समेत रहनु भएका राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको सभापती रज्जाकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउनुका साथै तीन दिन सम्म कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने भएको छ ।

सभापती रज्जाकले नेता उपाध्यायको निधनले पार्टीलाइ अपुरणीय क्षती पुगेको भन्दै तीन दिन सम्म पार्टीले कुनैपनि औपचारिक कार्यक्रमहरु नगर्ने र पार्टी कार्यालयमा सात दिन सम्म झण्डा आधा झुकाइने बताउनु भयो ।

२०४६ सालाको जनआन्दोलन देखि नै नेपाली काँग्रेसमा सक्रिय रहनुभएका उपाध्याय रुपन्देही क्षेत्र नं ५ मा दुइ पटक क्षेत्रीय सभपाती हुनुभयो । २०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७४ को माघमा उहा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उपाध्याय लुम्बिनी विकास कोषको कार्यकारीणी सदस्य समेत हुनुहुन्थ्यो । बुवा जंगीप्रसाद उपाध्याय र आमा सोनमती उपाध्यायका कोखबाट २०२६ सालमा जन्मनुभएका उपाध्याय केही समय यता क्यान्सर रोगबाट पिडीत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्