दीप गायन ताराको नवौँ संस्करण आइतबार देखि



यमलाल भुसाल, बुटवल ।

विद्यार्थीमा रहेको अन्तरनिहित सांगीतिक क्षेत्रको गायन प्रतिभाको उजागर गर्ने गरि संचालित दीप गायन ताराको नवौ संस्करण यही फागुन ४ र ५ गते हुने भएको छ ।

बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले ३९ औँ स्थापना दिवसको अवसरमा नवौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गर्ने गरि तयारी पुरा गरेको शुक्रवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

विद्यालयले रुपन्देही जिल्ला भित्रका माध्यमिक विद्यालय (कक्षा १० सम्म) मा अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले गायन तारा प्रतियोगिता विगत ९ वर्ष अघि देखि संचालन गदै आएको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताउनुभयो ।

दुई दिन चल्ने प्रतियोगितामा विना ट्रयाकमा सञ्चालन हुने फागुन ४ गतेको छनोट चरणबाट १५ जना दोस्रो चरणका लागि चयन हुने र ट्रयाक सहित सञ्चालन हुने दोस्रो चरणबाट फागुन ५ गते हुने अन्तिम चरणका लागि १० जना प्रतियोगीहरू छनोट हुने छन् ।

उक्त प्रतियोगितामा दीप गाएन ताराले ३० नगद हजारका साथ शिल्ड र प्रमाणपत्र, उपविजेताले १५ हजारका साथ शिल्ड र प्रमाणपत्र, तृतीय हुनेले १० हजारका साथ शिल्ड र प्रमाणपत्र तथा चतुर्थ हुने २ जनाले दुई÷दुई हजारका साथ शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने छन् भने अन्तिम चरणमा समावेश यस बाहेकका अन्य ५ जना प्रतिस्पर्धीले समेत १÷१ हजारका साथ प्रमाणपत्र प्राप्त गर्ने र यसै अवसरमा विद्यालयले खेलकुद पत्रकारिता मार्फत् उल्लेख्य योगदान दिनुहुने एक जना पत्रकारलाई नगद रु. १० हजारसहित कदर पत्रका साथ सम्मान गर्ने कार्यक्रम समेत राखेको कुरा प्राचार्य न्यौपानेले बताउनुभयो । प्रतियोगितामा हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार र सक्सेस पाण्डे गरी जम्मा आठ जना कलाकार विद्यार्थी दीप गायन तारा बन्न सफल भएका छन् ।

उनिहरु सवै व्यवसायीक गायकका रुपमा स्थापित भएको पनि विद्यालयले जनाएको छ । प्रतियोगिता संचालन गर्न विद्यालयले ४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको अध्यक्षता, उपाध्यक्ष उमाकान्त चापागाईं, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, प्ल टु संयोजक वसन्त कुमार जोशी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, गायन तारा प्रतियोगिता नवौँ संस्करणका संयोजक विकास हमाल सहभागिता रहेको कार्यक्रममा उपप्राचार्य कलाधर अर्यालले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्