संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शोक प्रस्ताव पारित गरि बैठक स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारका २ वर्षका उपलब्धीहरुलाई संसदमार्फत सार्वजनिक गर्ने योजना रहेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक (शनिबार) बिहान ११ बजेका लागि बोलाइएको छ । सोही बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्