सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता



सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफर प्रालिबीच मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिले भुक्तानी पाउने गरी बैंकिङ प्रणालीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ।

सम्झौता बमोजिम अब म्याक्स मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ। सिटिजन्स बैंक इन्टरनेसनलले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाईबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्