संयोग र अन्जुलाई स्वर्ण



काठमाडौं, (नेस)।

आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबलटेनिसको सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्। नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको ब्वाइज फाइनलमा संयोगले प्रिमियरका राजाराम थापालाई ११–७, ११–४, ११–६ र ११–८ को सोझो सेटमा पराजित गरे।

काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका विधान तामाङ र ट्रिनिटीका अनिशगोपाल श्रेष्ठ तेश्रो भए।हिसान जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा अन्जुले आफ्नै कलेजकी मनीषा सुवाललाई ११–८, ७–११, ११–६, ११–९, ९–११ र ११–५ को सेटमा हराइन्। प्रिमियरकी यसश्वी बस्नेत र हिमालयनकी एलिसा कार्की संयुक्त रुपमा तेश्रो भए।

प्रतिक्रिया दिनुहोस्