ज्योति लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डरमा राजेश हमाल



ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्रान्ड एम्बेस्डरमा नायक राजेश हमाललाई पुनः दुई वर्षको लागि आबद्धता गरेको छ। ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।

हमाललाई कम्पनीमा पुनः आबद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रममा राजेश हमालको सहभागिता रहने भएकाले नेपाली बीमा क्षेत्रकै प्रवद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ।

आफ्नो अवधि समाप्ति वा मृत्युपश्चात मात्र जीवन बीमाको रकम पाइने आम बुझाईलाई परिवर्तन गर्ने तथा घातक रोगको उपचारमा सहयोगी बन्ने पवित्र उद्देश्यका साथ विभिन्न ३५ वटा मध्ये कुनै घातक रोग लागि उपचार गराउन परेको खण्डमा अधिकतम् ५० लाख रुपियाँसम्मको अतिरिक्त सुविधा योजना प्रदान गर्ने कम्पनी रहेको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्