बिरामीलाई फलफूलवितरण गरेर जनयुद्ध दिवस मनाईयो



रामधामी, डडेल्धुरा।

पुर्नगठित नेकपा (माओवादी केन्द्र) डडेल्धुराले सदरमुकामस्थित डडेल्धुरा अस्पताल र चिरञ्जिवी पोली क्लीनिकमा उपचार गराईरहेका बिरामीहरूलाई फलफूल वितरण गरेर २५ औं जनयुद्ध दिवस मनाएको छ।

पुर्नगठित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा डडेल्धुरा र डोटी जिल्ला इन्चार्ज नवराजधिक्तको अगुवाईमा सो पार्टीका जिल्ला स्तरीय नेताकार्यकर्ताहरूको सहभागितामा दुबै अस्पतालमा पुगेर बिरामीहरूलाई फलफूलवितरण गरिएको हो।

माओवादीले सञ्चालन गरेको शसस्त्र युद्धमा लामो समय योगदान पुगाएका पुराना माओवादी नेताले जनयुद्धले उठान गरेका सवालहरूको सम्बोध नहुन नसकेकाले नेपाली क्रान्तीको झण्डा नयाँ सिराबाट उठाउदै मुलुकमा जनवादी गणतन्त्र सहितको साम्यवादी शासन व्यवस्था स्थापितगर्न आवश्यक रहेको जिकिर गरे।

अस्पतालका बिरामीहरूलाई फलफूलवितरणसँगै जिल्लास्तरमा बिभिन्न कार्यक्रमका साथ २५ औं जनयुद्ध दिवस मनाईएको उनले जानकारी दिए। तत्कालीन नेकपा माओवादी केन्द्र (प्रचण्ड समूह) र तत्कालीन नेकपा (एमाले) बीचएकीकरण भई नयाँ पार्टी नेकपादर्ता भएपछि रुष्ट रहदै आएका नेताकार्यकर्ताहरूको भेलाले गोपालकिराँतीको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) पूर्नगठन गरिएको उनले बताए।

प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरू अब रुपान्तरणसहितको नेकपामाओवादी केन्द्रको निर्माणमा लागिपरिरहेको केन्द्रीय सदस्यधिक्तले बताए। जनयुद्धद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा माओवादी केन्द्र, पूर्नगठन गरिएको बताउदउहंले सहिदको रगतसँग सत्ता साटेका अवशरवादी नेताहरूले जनयुद्ध प्रति गद्दारी गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्