पान पसले बने गुगलका कर्मचारी



ऐजेन्सी । भारतका एक पान पसलेले विश्वकै चर्चित वेबसाइट गुगलमा जागीर पाएका छन् । हरिद्वार निवासी कालिया पनवाडी नाम गरेका व्यक्तिले गुगलमा जागीर पाएका हुन् ।

वर्षाैदेखि हरिद्वारमा पान पसल चलाउदै आएका उनलाई आफू बसेको ठाउँको राम्रो ज्ञान थियो । उनीलाई त्यहाँका हरेक गल्लिको बारेमा थाहा थियो । धेरै जसो स्थानीय लगाएत विदेशीहरुले उनलाई राम्ररी चिनेका थिए ।

एक दिन गुगलमा कार्यरत एक कर्मचारीले आफ्नो वेबसाइटले बताए अनुसारको बाटो हिड्दै थिए । तर, उनी आफूले भनेको ठाउँमा पुग्न सकेनन् । बाटो थाहा नपाएर भौतारीरहेका गुगलका कर्मचारीलाई कालियाले उनको गन्तव्यसम्म पुर्याइदिए । गुगलले समेत पत्ता लगाउन नसकेको बाटो एक सामान्य पान पसलेले थाहा पाएको देख्दा कर्मचारी चकित परे ।

कालियाको यस्तो क्षमता देखेर कर्मचारीले आफ्नो कम्पनीमा कालियालाई राख्ने प्रस्ताव अघि बढाए । कालियाको बारेमा सुनेपछि गुगलले उनलाई नियुक्ति पत्र दिएको थियो ।

हाल गुगलमा कार्यरत कालिलयालाई राम्रो पारिश्रमिकका साथसाथै विभिन्न सुविधाहरु दिइएको जनाइएको छ । बाल्यकालदेखि नै कालियाले बाटो बिर्सिएर भौतारीएका मानिसहरुलाई आफ्नो स्थानसम्म जानमा सहयोग गर्ने गरेको परिवारले बताए ।

प्रतिक्रिया दिनुहोस्