अदालतले दियो यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई सुध्रिने मौका



अस्ट्रेलिया ।

अस्ट्रेलियाको सिड्नीमा एक महिलामाथि यौन दुव्र्यवहार गर्न खोज्ने नेपाली नागरिक कारबाही हुनबाट जोगिएका छन्।

गतवर्षको अप्रिल २० मा च्याट्सउड स्टेसनबाट रेलमा राति घर फर्कने क्रममा ती नेपाली नागरिकले एक महिलाको छातीमा पक्रिएको बेलायती एक पत्रिकाले बताएको छ। ती व्यक्ति को थिए भन्ने खुलाइएको छैन ।

३१ वर्षीय ती पुरुष साथीकोमा पार्टीमा गई मदिराले मात्तिएका र हर्ट्सभिलेबाट फर्कने क्रममा महिलामाथि यौन दुव्र्यवहारको प्रयास गरेको अनुसन्धानमा देखिएको छ।

अनुसन्धानका क्रममा नेपाली मूलको भएको पत्ता लागेका ती पुरुषले आफ्नो छातीमा पक्रिएर चुम्बन गर्ने प्रयत्न गरेको महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।

पीडित महिलाले प्रहरीलाई यस घटनाबारे खबर गरेपछि उनी गत वर्षको जुन ६ मै पक्राउ परेका थिए।

हालै अदालतले उनलाई सजाय सुनाउँदा उनी ठूलो सजायबाट जोगिएका छन्। हर्न्सबाई अदालतले ती नेपाली नागरिकलाई सुध्रिने मौका दिएको छ।

सजायअनुसार अब उनले दुई वर्षसम्म समुदाय सुधारक काममा संलग्न हुनुपर्नेछ। साथै ३ सय घन्टा त्यहाँको समुदायको सेवामा कार्य गर्नुपर्नेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्