अनेक रुप धारण गरेका मानिस…



मिना भण्डारी, गुल्मी । (कविता)

फरक फरक रहनसहन, धर्म सस्कृति अगालेको
एक समाज त्यही सामाज भित्रको ब्यक्ति
जो अल्पायुमै मृत्युु वरण गर्न पुग्छ तर
यहाँ, चटारो र तछाडमछाड देखिन्छ मान्छे,
तस्वीर लिन
त्यही सिङ्गो समाजको भिडभित्र फरक जीवनशैलिमा हुर्किएका अनेक रुप धारण गरेका मानिसहरु,
जो फोटो खिच्न र सामाजिक संजालमा राख्न
हतार गर्नेहरु, देख्छु शोकमा डुबेको हो
वा खुशी मनाएको,
पल्लो घरको अन्कलको मृत्यु भयो ,
उमेर अन्दाज पैतिस वर्ष।
बिचरा बाबाआमा सगै आफ्नो सन्तान
खुशी पार्ने निउमा भौतारिएको अप्रुर्ण आयु
लिएको मान्छे जो अहिले मृत अबस्थामा
आगनिको छेउ तुलसिको बोटनिर ,
जुन अचेत अबस्थामा ढलिरहेको हुन्छ,
तर आउने आफन्त धेरैजसोमा कुनै
दुस्खको संवेग देखिदैन ।
त्यही बखत आउँछ आफ्नै नजिकको छिमेकी
अर्थात
उसको नाताले भाई, दाई,अन्कल जस्तै समाज
सबै त्यो भिड त्यो रुवावासी उनिहरुलाई सरोकार छैन
खिच्छन फोटो लेख्छन हार्दिक समवेदना राख्छन सन्जालमा
त्यसैलाई लाइक, वाह, हाहा र हुहु को स्टिकर
मार्फत कमेन्ट वर्षाइन्छ हार्दिक समवेदना (रीप)

कहाँ , कहिले र कुन अबस्थामा के प्रयोग गर्ने
त्यति पनि सोच्न सक्दैन यहाँ मनुष्य ।
मृत शरीरको फोटो खिच्न पनि प्रख्यात
ब्यक्तिको फोटो सेसन भन्दा कम देखिदैन
जान्छन नजिक लिन्छन सेल्फी लेख्छन समवेदना,
सानोको याद आयो रे (भाडाकुटिको)
खान देको याद ,
बिताएका ती पल हरे
आयो त मनमा राख
सामाजिक सन्जालमा राखेर मृत आत्मालाई
शान्त भन्दा पनि बोझिलो किन पार्छौ ,
सहानुभूतिको नाममा मृतकलाई आधार
बनाउदै काटेको घाउमा नुनचुक किन,
यसै त पिडामा छ उस्को परिवार पछि त्यो
तस्वीर सधै नियाली रहनु पर्दा के हुन्छ होला
एकपटक त सोच !
सामाजिक सन्जालमा राख्दैमा
दुखि भएको हुन्छ र?
यदि शोक मै थियौ भने त यो
हिम्मत पक्कै आउने थिएन होला?

क्या अजिव रुपका मनुष्य ,
घरको उज्यालो नासिदै अन्धकार छाएको बेला,
परिवारमा आशुको ताल बनिरहेको बेला,
ती नाबालक छोराछोरीको बिचल्ली भएको बेला,
आफ्नो सर्वस्व ठानी जीवन बिताउने भनी
आएको १०/१२ वर्षमै जीवनसाथी सगै
आफ्नो पहिरन गुमाएको बेला,
बुढेसकालको सहारा भनी आफ्ना खुशिको
एक चिहान बनाई हुर्काएको आफ्नो सन्तान गुमाउदाको पीडा कस्तो होला कहिल्यै महसुस
त गरेका छैनौ तर कल्पना त गर्न सिक ?
अह त्यो मनमा अलिकति पनि धर्म छैन,
पक्कै हराएको हुनुपर्छ
यदि हुन्थ्यो भने यस्तो छट्पटी,बेचैनिमा
पनि फोटो खिच्ने, हार्दिक समबेदना लेख्दै सन्जालमा राख्ने आट त आउने थिएन होला!
यसो भन्दै गर्दा सबै एउटै मन हुदैनन भन्ने
प्रश्न नआउला भन्न सक्दिन
जे भएनि धैर्यतामा रहन सिक भने भन्न चाहन्छु।

नाबालक सन्तान अनि विधवाको उपमा पाउने
ती मेरि काकी किरियापुत्रीमा बसेका हुन्छन
छिमेकी भाइ आउँछ र भन्छ फेसबुकमा राखेको दाइको फोटो यति लाइक यति कमेन्ट आए हैन
खास खुशियाली मनाएको कि शोक अचम्मित हुन्छु
तर बोल्न सक्दिन र रिस सगै चुर हुन्छु र
आफुलाई सम्हाल्छु बस सम्हाल्छु मात्र।

धैर्यता र सहानुभूतिका २/४ शब्दहरु बाडे
जस्तो गरि भित्र भित्रै खुशी हुँदै बाहिर प्रकट
गरेको तिम्रो त्यो हार्दिक समबेदनाले
न त मृतकमा स्वर्गको बाँस हुनेछ
न त परिवारमा गाँस नै हुनेछ
केवल दिक्दार,तड्पाई अनि अशान्ती,

हिजोको आफू र भोलिको आफुलाई कत्ति
नसम्झी आजको आफुले लिएको एकछिनको
तिम्रो त्यो फोटो खिचाइ र सन्जालमा राखेको
हार्दिक समवेदनाको कुनै अर्थ देखिदैन
त्यसैले आफ्नो धरातल नबिर्सी दुःखद क्षणमा
रहेको त्यो परिवारमा धैर्यधारणको कामना
मृत आत्माको शान्ती चाहन्छौ भने
लाइक, रोएको स्टिकर र सन्जालमा लेखेर हैन
उस्को घरमा गएर आउ अनि भित्री
स्वच्छ मनमा सजाउ त्यो तस्वीर
अनि पुकार हार्दिक समबेदना !!!

प्रतिक्रिया दिनुहोस्