सेन्डर्स विजयी



वासिंगटन, (एजेन्सी)।

अमेरिकाको प्रमुख राज्य न्यु ह्याम्पसायरमा भएको डेमोक्र्याटिक पार्टीको महत्वपूर्ण प्राइमरी चुनावमा राष्ट्रपति उम्मेदवारका आकांक्षी सांसद बर्नी सेन्डर्सले जितेका छन्।

यो जितले सन् २०२० को राष्ट्रपति चुनावका लागि उनको प्रचारलाई पर्याप्त बल मिलेको छ। आगामी केही महिनामा उनको पार्टीको नामांकनको दौडमा तीव्र प्रतिस्पर्धा हुँदै छ।

उम्मेदवारमा पुनः चयन हुन प्रयासरत राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि न्यु ह्याम्पसायरमा रिपब्लिकन प्राइमरीमा अत्यधिक मतले जितेका छन्। सन् २०१६ मा राष्ट्रपति चुनावका लागि भएको प्राइमरीमा ७८ वर्षीय सेन्डर्स पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्