अदालतमा आत्महत्या



मस्को, (एजेन्सी)।

रुसी कारागार सेवाका एकजना पूर्वकर्मचारीले आफूलाई तीन वर्ष लामो कारावास सजाय सुनाइएपछि बुधबार अदालतमै आत्महत्या गरेको रुसी सञ्चारमाध्यमले जनाएको छ।

भिक्टोर स्भिरिदोभ नामक ती व्यक्ति संघीय कारागार सेवाको मोटर पारवहन विभागका पूर्वप्रमुख रहेका थिए। उनीमाथि सो सेवाका पूर्वउपनिर्देशकबाट जबर्जस्ती एक करोड रुबल असुलेको अभियोग लगाइएको थियो।

न्यायाधीशले उनलाई हिरासतमा लिन आदेश दिएको केही समयपछि नै उनले आफ्नो टाउको माथि गोली चलाएका थिए। उनले हतियार साथमा लुकाएर ल्याएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्