स्वदेश फर्कन नदिने



बोगोर, (एजेन्सी)।

इन्डोनेसियाले इस्लामिक स्टेटमा सहभागी भएका आफ्ना करिब ७ सय नागरिकालाई स्वदेश नबोलाउने तर साना बच्चाहरूलाई भने फिर्ता ल्याउन विचार गर्न सक्ने जनाएको छ।

सिरिया र अन्य देशमा आईएसका लागि लड्न गएका संदिग्ध अतिवादी तथा उनका परिवारलाई फिर्ता ल्याउने पक्षमा नभएको इन्डोनेसियाका राष्ट्रपतिले बताए। य

स मामिलामा पूरै देश दुई भागमा विभाजन भएको छ। सुरक्षा मामिला मन्त्री महफुज एमडीले महिला र बच्चासहित इन्डोनेसियाका ६ सय ८९ नागरिक सिरियामा रहेको र उनीहरूलाई देश फर्कन अनुमति नदिने बताए। तर, १० वर्ष र कम उमेरका बच्चाका विषयमा सोच्न सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्