भारत सरकारको ४ करोड अनुदानमा क्याम्पसको नयाँ भवन निर्माण



न्युज अफ नेपाल, गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिकामा भारत सरकारको अनुदान सहयोगमा चन्द्रकोट क्याम्पसमा नयाँ भवन निर्माण गरिएको छ ।

निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल तथा काठमाडौंमा उच्च शिक्षा हासिल गर्न जान नसक्ने विद्यार्थीलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय जनताको पहलमा सन् २००८ देखी यस क्याम्पस सनचालनमा रहेको छ ।

भारत सरकारको ४ करोड ९ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित तीनतले नयाँ भवन निर्माण गरीएको छ । उक्त भवनमा १२ कक्षाकोठा, कार्यालय भवन र प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टाछुट्टै शौचालयको पनि व्यवस्था गरीएको छ ।

भवन उद्घाटन भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर प्रफुल्लचन्द्र शर्मा, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीलगायतले गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्