कोरोना भाइरस लागेको प्रयाङ्क गर्ने युवकलाई ५ वर्ष जेल सजाय



ऐजेन्सी ।

हालै विभिन्न देशहरुमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसलाई लिएर मजाक उडाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजकिस्थानका करोमतुल्लो जाबोरोभ नाम गरेका युवकले रेलभित्रका मानिसहरुलाई त्रसित बनाइ प्रयाङ्क भिडियो बनाएका छन् । उक्त भिडियोमा जाबोरोभले मेट्रो रेलमा रहेका मानिस सामु भाइरस सङ्क्रमणको नक्कल गरी बेहोस भएको नाटक गरेका छन् । उनका साथमा रहेका साथिहरुले समेत जाबोरोभलाई भाइरस लागेको भन्दै कराएका छन् ।

यस्तो नाटकले त्रसित मानिसहरु आत्तिएर टाढा टाढा भाग्न थाल्छन् । उनको यस्तो व्यवहारले मनिसलाई त्रसित बनाएको भन्दै फेव्रुअरी ८ मा रसियन अधिकारीले जाबोरोभलाई प्रकाउ गरेका थिए । रसियामा यस प्रकारको अपराधमा संलगनलाई पाँच वर्ष जेल सजायको व्यवस्था रहेको छ ।

त्यस्तै, रुसी गृह मन्त्रालयका अनुसार प्रहरीले यस घटनामा संलग्न अन्य दुई जनाको पहिचान गरी मस्को छाडेर नजान आदेश दिएको छ । मस्कोको चेर्योमुस्किनस्की अदालतले जाबोरोभलाई ट्रायलमा राख्नुअघि मार्च ८ सम्म हिरासतमा राख्न आदेश दिएको थियो ।

आरोपीका वकिल एलेक्सी पोपोभले भने आफ्नो क्लाइन्टले भाइरसबारे जनचेतना फैलाउन नाटक गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्