”म नेपाली”



नारायण खनाल, अर्घाखाँची ।

हिमाली पुत्र तपोभूमि हुँ तराई मनको
सत्यता बोक्छु नेपाली छोरा पवित्र तनको ।
मुटुमा चोखो देशको माया तनमा जेता छ
वैभव हो कि दुर्भाव चिन्ने आँखामा चेत छ।

माटोको माया मुटुमा राखि कर्ममा लाग्दछु
श्रम र सीप रोपेर यहाँ उन्नति भाक्दछु ।
भातृत्व बोकि समान थात पुग्नला सबैले
दिएर साथ प्रगति कोर्न बिर्सन्न कसैले ।

न्यायको मुना बाँधेर तुना चोली नै बनाई
संसार सामु चिनिन्छु सधै न्यायिक जनाई।
चन्द्र र सूर्य बोकेर काँध चम्काइ संसार
ब्रह्माण्ड आफै जितेमा पनि गर्दैन हुंकार ।

नेपाली हुँ म सगरमाथा झैं उच्च मन छ
पहाडी ढाल छ गोली हार्ने संघर्र्षि तन छ।
माटोले मागे श्रृजना रोप्न हातमा सीप छ
आँखामा पुरै ननिभ्ने कहिल्यै शान्तिको दिप छ ।

प्रतिक्रिया दिनुहोस्