कांग्रेस सभापतिका गैरजिम्मेवार अभिव्यक्ति



नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना विवादित अभिव्यक्तिका कारण बेला–बेला आलोचना खेपिरहन्छन्। कहिले आलम प्रकरणलाई लिएर गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति त कहिले एमसीसीको विषयलाई लिएर उनले दिएका अभिव्यक्तिको पार्टीपंक्ति तथा जनस्तरबाट आलोचना हुने गरेको छ।

वर्तमान समयमा चलिरहेको पूर्वउपप्रधानमन्त्री विजय गच्छदारलगायत १७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा जेल सजायको माग गरेको बेला सभापति देउवाले सरकारले प्रतिशोध साँधेको भन्दै आफ्ना अभिव्यक्ति दिइरहेका छन्।

देशको जिम्मेवार पार्टीका सभापतिले दिएका यस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले आज जनतामा कस्तो खालको सन्देश जान्छ ?

देशको न्यायपालिकामा विश्वास गर्ने कांगे्रसका सभापतिले गच्छदारविरुद्ध उजुरी पर्दैमा यसरी आत्तिने अवस्था सिर्जना हुन्छ र ? उनलाई दोषी वा निर्दोष भन्ने प्रमाणित त भोलि अदालतले गर्ला नि !

देउवाले आफू निकट उपसभातिलाई यसरी काँध हाल्न खोज्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले जे गर्दा पनि ठीक भन्न खोजेको पो देखियो। एकचोटि देउवाजी पार्टीका आफू निकट कार्यकर्ता मात्रै हैन देशप्रति पनि जिम्मेवार बन्ने कि ?

– नवीन मगर, कालीमाटी, सल्यान।

प्रतिक्रिया दिनुहोस्