के गरेमा ड्राइभिङ लाइसेन्स रद्द हुन्छ ?



लाइसेन्सको कुन–कुन प्रकारले दुरूपयोग गरेमा खारेज हुन्छ भन्ने कुरा हामी सबैले जान्नुपर्ने हुन्छ।

सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित पार्न बनेको नियमावलीले विभिन्न कुरालाई उल्लेख गरेर लाइसेन्स रद्द हुन सक्ने अवस्था उल्लेख गरेको छ। नेपाल समाचारपत्रको पाठकपत्रमार्फत मैले यो जानकारीका लागि उल्लेख गरेको हुँ।

तल उल्लिखित अवस्थामा सवारीचालक अनुमति पत्र रद्द हुन्छ। तोकिएभन्दा बढी यात्रु राखेर सञ्चालन गरेमा, मालवाहक सार्वजनिकसवारीसाधनमा तोकिएभन्दा बढी तौलको मालवस्तु राखेर सवारीसाधन चलाएमा, मादक पदार्थ वा कानुनले निषेध गरेको लागूऔषधको प्रयोग गरी सवारीसाधन चलाएमा, चालक अनुमतिपत्र अरूलाई प्रयोग गर्न दिएमा, तोकिएभन्दा बढी गतिमा सवारीसाधन चलाएमा, अर्को सवारीसाधानमा चढ्न लागेका वा चढ्ने तयारीमा रहेकालाई हस्तक्षेप गरेमा सवारी चालक अनुमतिपत्र रद्द हुन सक्छ।

यस्तै सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा, तोकिएकै समयमा वा नतोकिए पनि उपयुक्त समयमा यात्रा नटुंगिने गरी ढिलाइ गरेमा वा समयमा यात्रा टुंग्याउन लापरबाही गरेमा, जाँच नभएको सार्वजनिक सवारी चलाएमा, रुट इजाजत नभएको ठाउँमा यात्रु वा मालवस्तु ओसारपसार गर्न सवारीसाधन सञ्चालन गरेमा, सार्वजनिक सवारीसाधनमा चाहिने ब्लुबुक, चालक अनुमतिपत्र, बिमा र सवारी जाँचको प्रमाणपत्र साथमा नराखी सवारीसाधन सञ्चालन गरेमा पनि ड्राइभिङ लाइसेन्स रद्द हुन सक्छ।

– समृद्धि थापा, पर्वत।

प्रतिक्रिया दिनुहोस्