केब्स र पशुपति सुपर सिक्समा



काठमाडौं, (नेस) ।

केब्स र पशुपति बहुमुखी क्याम्पस ‘टेक्सास–धन्वन्तरी कप’ अन्तर्कलेज प्लस टु छात्र फुटसल प्रतियोगिताको पहिलो दिन सोमबार सुपर सिक्समा प्रवेश गरेका छन्।

टेक्सस इन्टरनेसनल कलेज र धन्वन्तरी फुटसलद्वारा संयुक्त आयोजित प्रतियोगितामा केब्सले बृहस्पति विद्या सदनलाई ४–३ तथा पशुपतिले विनायक सिद्धलाई ३–० गोलले पराजित गरे।

हाँडीगाउँस्थित धन्वन्तरी फुटसलमा भएको प्रतियोगितामा काष्ठमण्डप, ह्वाइटहाउस, लुम्बिनी, बागमती, जेभियर इन्टरनेसनल कलेज, केब्स ‘बी’, समृद्धि र साइपाल एकेडेमी राउन्ड अफ १२ मा प्रवेश गरेका छन्।

विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्र्रो हुनेले २५ हजार नगद पुरस्कार पाउनेछन्। प्रतियोगितामा सहभागी खेलाडीलाई टेक्सासमा अध्ययन गर्न चाहे १ लाख बराबरीको छात्रवृत्ति प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्