लुम्बिनीमा आउने पर्यटकलाई दानापुर–गजेडी तालमा भित्र्याउने लक्ष्य



यमलाल भुसाल, बुटवल ।

गैडहवा गाउपालिकामा रहेको रुपन्देही जिल्लाकै ठूलो ताल गैडहवातालको प्रचार प्रसार गरी गैडहवाको प्रर्यटन प्रबर्ढन गर्नको लागि यही फागुन १ गतेदेखि प्रथम गैडहवाताल महोत्सव–२०७६ संचालन हुने भएको छ ।

गैडहवा गाउपालिकाका अध्यक्ष तथा प्रथम गैडहवाताल महोत्सव २०७६ संचालन मुल समितिका संयोजक बच्चु केवटले विश्व सिमसार क्षेत्रमा सुचिकृत गंैडहवा तालको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले “कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार विकास” भन्ने मूल नाराका साथ आगामी फागुन १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने “प्रथम गैंडहवा ताल महोत्सव २०७६” को आयोजना गर्न लागेको बताउनु भएको छ ।

गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौ “बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं” “हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान” लगायत नारा सहित संचालन हुन लागेको प्रथम गैडहवा महोत्सवले ओझेलमा परी सधै उपक्षित हुदै आइरहेको तालको प्रचार भई लुम्बिनीमा आउने पर्यटकहरुलाई आवास सहितको भ्रमण गर्नमा उत्साहित गराउने लक्ष्य लिएको अध्यक्ष केवटले बताउनु भयो ।

अध्यक्ष केवटले नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाईरहेको सन्दर्भमा प्रदेश नं ५ मा पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्न यो महोत्सव फलदायी बताउदैप र्यटनको प्रचुर सम्भावना बोकेको गैंडहवा गाउँपालिका वडा नं ४ स्थित गैंडहवा तालको प्रचार प्रसार नहुँदा यसको वास्तविक अवस्था बाहिर आउन नसकेकोले तालको प्रचार प्रसारको साथसाथै ताललाई पर्यटनको गन्तव्य बनाएर आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्य लिइएको धारणा राख्नु भयो ।

उहाँले गैंडहवा गाउँपालिकाको वडा नं १ र ४ मा थारु होम स्टे सञ्चालन गर्ने र वडा नं २ को जोगडेश्वर महादेव मन्दिर, वडा नं ५ को रामजानकी मन्दिर, वडा नं ९ को बोटानिकल गार्डेन र वडा नं ७ को बुद्ध गार्डेनको रुपमा विकास गर्दै गैडहवा ताललाई गाउँपालिकाको वडा नं ९ स्थित तुल्सीहवा तालसँग जोडेर जल पर्यटनको रुपमा विकास गर्न सकिने बताउन भयो ।

त्यस्तै पालिकाको ८ नं वडामा रहेको देउराली सामुदायिक वनमा रहेको बाल उद्यानलाई पर्यटकीय रमणीय पार्क बनाउने योजना समेत रहेको अध्यक्ष केवटले बताउनु भयाे । यसैगरी, यस गाउँपालिकाको वडा नं. ६ र ८ मा पर्ने सन्तेश्वर घाट नजिक रहेको यशोधरा पार्क स्थापनाको समेत तयारी भएको छ भने ताललाई कञ्चन गाउँपालिकामा रहेको दानापुर– गजेडी तालसँग जोडेर जल पर्यटनको रुपमा सहकार्य गर्न सकिने सम्भावनालाई बलियो बनाउन महोत्सव सफल हुनेदावि केवटले गर्नु भयो ।

प्रचार प्रसार उपसमितिका संयोजक तथा गैडहवा गाउपालिका वार्ड नं. ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले महोत्सवको प्रचार संगसंगै रुपन्देहीको शानको रुपमा स्थापित गर्ने गरी अस्ताउन लागेको सुर्यको किरण गैंडहवा तालमा ठोक्किएर फर्कने मनोरम दृश्यले रारा तालको झझल्को मेटाइदिने धारणा राख्नु भयो ।

लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटकका लागि समेत सम्भावना बोकेको गन्तव्यको रुपमा बिकास गर्न र १२ महिना नै आन्तरिक तथा वाह्य पर्यटकलाई तालमा डुङ्गामा शयर गराउन २ थान ठूला र २ थान साना डुङ्गा संचालन गरिएको बताउदै वडा अध्यक्ष रानाले अव गैडहवा पोखराको फेवाताल भन्दा कम नहुने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्