फागुन १ गते सार्वजनिक बिदा



न्युज अफ नेपाल, काठमाडौँ ।

कालिकोटको पलाता गाउँपालिकाले फागुन १ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा १२ वर्षसम्म चलेको सशस्त्र युद्धलाई स्मरण गर्दै बिदा दिएको हो ।

सोही दिनमा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण र पलातामा यातायात सेवाको सुरुवात गर्न लागिएको गाउँपालिकाले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्