मन्त्रिपरिषद् बैठक सकियो, नयाँ आईजीपीको टुंग्गो लगाउन सकस



न्युज अफ नेपाल, काठमाडौं ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठक नेपाल प्रहरीको महानिरीक्षक नियुक्त नगरी टुगिंएको छ ।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र अन्य डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । सोही कारण सरकारले नयाँ आईजिपिको छिट्टै टुंगो लगाउँदै छ ।
अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्ने स्रोतको दाबी छ ।

खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।

यदी सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्