स्कुले गाडीलाई प्राथमिकता देऊ



काठमाडौंको जामले विद्यालय जाने बालबालिका समयमै विद्यालय पुग्न सकेको पाइँदैन। बिहानै ८ बजे खाना खुवाएर अभिभावकले गाडी चढाएका बालबालिका ११–१२ बजे विद्यालय पुग्छन्। सडकको जामका कारण उपत्यकामा धेरै विद्यार्थीलाई शिक्षा लिन सहज छैन।

विद्यालयका गाडीलाई प्राथमिकतामा नराखेर पब्लिकसरह राख्दा यो समस्या आएको हो। प्रहरीले पनि विद्यालयको बस भनेर केही सहयोग गर्दैन। बालबालिका अत्तालिने गरी भएको जामले उनीहरूमा मानसिक असरसमेत पर्ने गरेको छ।

विद्यालयमा पढाइको लोड, त्यसमा पनि जाममा बस्नुपर्ने बाध्यता, बिहानै भोकभोकै हिँड्नुपर्ने अर्को समस्याले यहाँ गाह्रो भएको छ। विद्यालयका बस तथा बालबालिका बोकेका सवारीसाधनलाई अन्य प्राथमिकतामा राखिने साधनजस्तै महत्व दिएर ट्राफिक प्रहरीले सहयोग गरिदिए हुने हो। यस विषयमा केही सोच्ने कि ?

– शोभा पराजुली, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्