युवाको रहस्यमय मृत्यु



सिरहा, (नेस)।

सिरहाको लहान नगरपालिका–३ बस्ने तेजनारायण चौधरीको छोरा मिथिलेश चौधरीको मृत्यु भएको छ। चौधरी एक महिनादेखि लहानस्थित यातायात कार्यालयअगाडि दीपक महतोको समूहमा रहेर लेखापढीको काम गर्दै आएका थिए।

घरबाट खाजा खाएर बजारतिर निस्केका चौधरी राति बेहोस अवस्थामा भेटिएका थिए। चौधरीको जिउभरि माटो र हिलो लागेको थियो। चौधरीलाई एकजना आफन्तले फोन गरे बुवा तेजनारायण चौधरीलाई छोरा मिथिलेशको अवस्था गम्भीर भएको बताएपछि मृतकका बुवा मिथिलेश चौधरी बेहोस भएका थिए।

छोरा मिथिलेशलाई उपचारका लागि लहान अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पताललेबताएको छ। मृत चौधरीको शव पोस्टमार्टमका लागि शवलाई अस्पतालमा राखिएको छ्। बुबा तेजनारायण चौधरीका अनुसार केटाहरूसँग झगडा गरेर यस्तो घटना भएको अनुमान गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्