सामाजिक सञ्जालको दुरुपयोग



पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन्। प्रविधिको विकासँगै सहज पहुँच र विस्तारका कारणले मानिसको जीवनशैलीलाई सहज त बनाएको छ, सँगै यसको दुरुपयोगले भयानक रुप पनि निम्त्याएको छ।

पछिल्लो समयमा परिचित वा अपरिचित व्यक्तिहरूसँग नजिक हुन, आफ्ना भावना वा सन्देशहरू अरूसमक्ष पुर्याउन सजिलो माध्यमका रुपमा फेसबुक, ट्वीटर, भाइबर, इमोलगायतका सामाजिक सञ्जालको प्रयोगमा व्यापकता आएको छ। तर यस्ता सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ?

र, यसका दूरगामी प्रभावका बारेमा यथेष्ट जानकारी नहुँदा गम्भीर खालको दुर्घटनासमेत हुन सक्छ भन्नेमा यसका प्रयोगकर्ता जानकार हुनु जरुरी छ।
विश्वमा आक्रामक तबरले विस्तार भइरहेको प्रविधिकका केही छिटाहरू हामीकहाँ पनि आइपुगेका छन्।

हामी हाम्रा सारा पुराना मूल्य मान्यताभन्दा पर, संसारको कुनै नौलो कुराहरूको अनुभव गर्न पाइरहेछौं, दैनिक। कतै कुनै कुनाको समाचार थाहा पाउनुपरोस् या कसै आफन्तको शुभ–अशुभ खबर सुन्नुपरोस् वा वर्षौं विछोडिएका साथीभाइसँगको सम्बन्धलाई निरन्तरता दिनुपरोस् अथवा कसैप्रसति प्रेम दर्शाउनुपरोस्।

यी सारा कुरा हामी एकै बसाइमा अनि एकै समयमा पूरा गर्न सक्ने हैसियतमा पुगिसकेका छौं। प्रविधिले हाम्रा लागि दिएको वरदान यही होला।
व्यक्तिले आफ्नो दैनिकीको अधिकांश समय फेसबुकको पेजमा घोत्लिएर बिताउँछ।

पछिल्लोपटक सामाजिक सञ्जालमा अरूका बारेमा अनर्गल प्रचार गर्ने र अश्लील भिडियो वा तस्वीरहरू सार्वजनिक गर्ने कार्यले बढावा पाइरहेको छ। यस्ता कुनै पनि कुकृत्य सामाजिक अपराधप्रति परिलक्षित रहेका छन्।

अझ यस्ता गतिविधिलाई प्रश्रय दिने वातावरण सिर्जना हुन नदिन जति यसका प्रयोगकर्ता सहज हुनु जरुरी छ त्यति नै यस्ता गतिविधिलाई निरुत्साहित पार्न सबै उत्तिकै चनाखो हुनु जरुरी छ।

– सुमन कार्की, धनगढी, कैलाली।

प्रतिक्रिया दिनुहोस्