अर्काको अर्डरमा बसेर काम गर्ने रहर अब रहेन : शिवहरि पौड्याल



शिवहरि पौड्याल आफ्नो असली नामस र्गै पात्रका कारण लोकप्रियता कमाएका हास्यव्यंग्य अभिनेता हुन्। टेलिफिल्म जिरे खुर्सानीको मुखाँ हान्नुजस्तो थेगोले उनलाई थप लोकप्रियता दियो। आफ्नो कलाकारीताकोे करिअरमा टेलिफिल्म, फिल्म, विज्ञापन प्रहसनलगायतमा अभिनय गरेर दर्शकको मन जित्दै आएका उनले जिरे खुर्सानी, ब्रेकफेलजस्ता टेलिफिल्म निर्देशन गरेका छन्। करिअरमा फड्को मार्ने क्रममा उनले पारिवारिक तथा कमेडी विषयमा ठूलो पर्दाका फिल्म लक्का जवान निर्देशन गरेका छन्। जुन आगामी चैत २१ गते अल नेपाल रिलिज हुँदै छ। पौडेलसँग नेपाल समाचारपत्रका लागि संवाददाता रश्मी थापाले गरेको सम्पादित अंश :

हाल के गर्दै हुनुहुन्छ ?

अहिले लक्का जवान फिल्मको काम गरिरहेको छु। छायांकन कार्य करिब–करिब सकियो। म्युजिक भर्ने, सम्पादनलगायतको पोस्ट प्रोडक्सनको काम बाँकी छ। फिल्मकै काममा व्यस्त छु।

लामो समयको कलाकारिता र सानो पर्दाको फिल्मको निर्देशनपछि पहिलोपटक फिल्म निर्देशन गर्नुभयो। फिल्म निर्देशन गर्ने सोचचाहिँ कसरी आयो ?

मैले म्युजिक भिडियो डकुमेन्ट्री फिल्म, एड फिल्म तथा हजारौं स्टेज कार्यक्रमहरू बनाइसकें। यी सबै कामपछि आफ्नै लेखन तथा निर्देशनमा ठूलो पर्दाको फिल्म बनाऔं भन्ने इच्छा थियो। मौका हेरिरहेको थिएँ। मौका पर्यो र इच्छा पूरा गरें।

कलाकार मात्र भएर काम गर्दा र निर्देशक भएर काम गर्दामा के कति फरक पाउनुभयो ?

कलाकार भएर काम गर्दा अरूले आफूलाई काम सिकाउँथे भने निर्देशक हुँदाचाहिँ आफूले अरूलाई काम सिकाउने हो। काममा त्यति धेरै फरक छैन। दुवै काम धेरै हदसम्म उस्तै हो।

अरूलाई सिकाउँदा चाहिँ कहिलेकाहीं आफूले भनेको जस्तै गरी काम गर्ने कलाकार भइदिएनन् या त्यसरी काम गर्ने क्षमता कलाकारमा भएन भने गाह्रो हुने रहेछ। झन् आफैले लेखेको स्क्रिप्ट हुँदा त गाह्रो हुँदो रहेछ। आफूले कुन सेन्समा लेखेको हुन्छ,त्यसअनुसारको काम कलाकारले निकाल्न सकेनन् भने गाह्रो हुन्छ।

तर, अरूलाई सिकाउँदाचाहिँ कहिलेकाहीं आफूले भनेको जस्तै गरी काम गर्ने कलाकार भइदिएनन् या त्यसरी काम गर्ने क्षमता कलाकारमा भएन भने गाह्र्रो हुने रहेछ। झन् आपैmले लेखेको स्क्रिप्ट हुँदा त गाह्रो हुँदो रहेछ।

आफूले कुन सेन्समा लेखेको हुन्छ, त्यसअनुसारको काम कलाकारले निकाल्न सकेनन् भने गाह्रो हुन्छ। तर, मेरो फिल्मका सबै कलाकार एकसे एक हुनुहुन्थ्यो। मैले भनेजस्तै गरी उहाँहरूले काम गर्नुभएका कारण मलाई चाहिँ यसमा गाह्रो भएन।

टेलिफिल्म र फिल्म निर्देशनमा चाहिँ के फरक पाउनुभयो ?

दुवैमा काम गर्ने तौरतरिका उस्तै–उस्तै हो। तर, सानो पर्दामा थोरै कलाकार भए पनि हुन्थ्यो भने फिल्ममा प्राविधिकहरू नै ३०÷४० जना चाहिन्छन्। टेलिफिल्म सम्पादन गरेर टेलिभिजनमा प्रसारण गरिहालिन्थ्यो भने फिल्मको पोस्ट प्रोडक्सनको काम केही लामो हुन्छ। टेलिफिल्मभन्दा फिल्मको प्रोसेस लामो छ।

पहिले टेलिफिल्ममा काम गरेका धेरै हास्य कलाकारहरूलाई समेट्नुभएको छ, उहाँहरूको आवश्यकता नै थियो कि मन राख्ने हिसाबले फिल्ममा लिनुभएको हो ?

अहिले ठूलो पर्दामा खेलिरहेका कलाकारहरू ७० प्रतिशत जति त सानो पर्दाबाट नै गएका हुन्। मेरो फिल्ममा पनि सानो पर्दाका कलाकार हुनुहुन्छ। तर, अहिले चलेका धेरै कलाकार पनि हुनुहुन्छ नभएका भने होइनन्।

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर डेपुटी डाइरेक्टर भएर रिटायर्ड भएको ५ वर्ष भयो। रिलिफ भई रिल्याक्स भएर बसिरहेको बेलामा फेरि जागिर खानु भनेको त जागिर नै खान जन्मेको जस्तो हुन्छ। जागिर आवश्यकता थियो, आँटियो।

उहाँहरूलाई मन राख्नका लागि होइन, सबैभन्दा पहिलो कुरा त मेरो कथामा उहाँहरूको आवश्यकता भएर लिएको हो। अर्को कुरा पहिलेदेखि काम गरेको कलाकार भएकाले उहाँहरूसँग काम लिन सजिलो हुने र सहयोग पनि हुने कारणले हो।

अर्को कुरा अहिले फिल्मका कलाकारहरू टाढा–टाढा पनि भइरहेका छन्। काम गरिरहेका कलाकारलाई लियो भने भाउ खोज्ने समस्या पनि नहुने कारण उहाँहरूलाई लिइएको हो।

दर्शकले किन लक्काजवान हेर्नुपर्छ ?

लक्का जवानमा मनमा चस्स पार्ने खालका सामाजिक विषयवस्तु छन्। हुनत सामाजिक विषयवस्तुमा यस्ता खालका कथामा धेरै फिल्म बनेका छन्। तर, पहिले बनेका फिल्ममा छुटपुट भएका कुराहरू समेटेर फिल्म बनाएको छु।

यसमा रोदन पनि छ, हाँसो पनि छ। फिल्म हेरेर बाहिर निस्किँदा ओहो⁄ यस्तै घटना समाज भयो भने के होला भनेर मनन गर्ने कुराहरू छन्। त्यस कारण पनि दर्शकले लक्का जवान हेर्नुपर्छ।

फिल्मको व्यापारबारे कस्तो आशा राख्नुभएको छ ?

सबै निर्माताले आफ्नो फिल्मको व्यापारको आशा राम्रै राखेका हुन्छन्। आजसम्म जति फिल्म रिलिज भए, सबैले राम्रै व्यापार गर्छ भनेर नै बनाएका हुन्। मैले पनि कथा र विषयअनुसार राम्रो व्यापारको आशा राखेको छु।

अहिलेसम्म डुबेका फिल्ममध्ये ९० प्रतिशत फिल्मको कमजोरी भनेको दुई करोडको फिल्मलाई प्रचारप्रसारमा १५÷२० लाख खर्च नगरेर हो। हामी काकाको छोराको व्रतबन्धमा त कार्ड नआई थाहा पाउँदैनौं भने फिल्म त दर्शकले थाहा पाउनुपर्छ। जानकारी नै नभए कसरी दर्शक जाने? हामीले पनि फिल्मको व्यापारका लागि प्रचारप्रसारमा ध्यान दिइरहेका छौं।

तपाईंको अबको यात्रा फिल्म निर्देशन नै हुनेछ या अभिनय पनि गर्नुहुनेछ ?

मेरो गोरुको बाह्रै टक्का भनेर पनि हँुदैन। यो फिल्म हेरौं कस्तो हुन्छ? मलाई राम्रो लागेको कुरा दर्शकलाई नराम्रो लाग्न सक्छ र दर्शकलाई मन परेको कुरा मलाई मन नपर्न सक्छ। पहिलो कोसिस गरेको छु, दर्शकले चलाइदिनुभयो भने फिल्म निर्देशनको अफर आउला। मैले राम्रो काम गरेको रहेछु भने अवश्य पनि अफर आउँछ नै।

तर, फिल्म नै चलेन भने चिया पसलमा चिया खाएर बस्नेबाहेक काम हँुदैन। म पलायन हुने र नहुने भन्ने कुरा दर्शकको हातमा छ। तर, सानो पर्दाका फिल्म भने बनाइरहन्छु र अभिनयलाई पनि निरन्तरता दिइरहन्छु।

लामो समय नेपाल राष्ट्र बैंकमा जागिर खाएर रिटायर्ड हुनुभयो। बैंैकिङ क्षेत्रमै लागौं भन्ने लागेन ?

राष्ट्र बैंकमा ३० वर्ष काम गरेर डेपुटी डाइरेक्टर भएर रिटायर्ड भएको ५ वर्ष भयो। रिलिफ भएर रिल्याक्स भएर बसिरहेको बेलामा फेरि जागिर खानु भनेको त जागिर नै खान जन्मेको जस्तो हुन्छ। जागिर आवश्यकता थियो, आँटियो।

त्यतिखेर दुइटै लाइनलाई सँगै लगियो भने अहिले त एउटा लाइन छ। झन् यसमा लागि पर्ने भइयो फेरि हतार–हतार अफिस गएर, टेबुल कुर्सीमा बसेर अर्काको अर्डरमा बसेर काम गर्ने रहर अब रहेन। जागिरे जीवन पनि बिताइयो, किसानी अनुभव पनि गरियो, फिल्म क्षेत्रमा त छँदै छ। फिल्म क्षेत्रमै अझ धेरै काम गर्न चाहन्छु।

कलाक्षेत्रमा लागेको यतिका वर्षमा कलाक्षेत्रलाई कसरी बुझ्नुभएको छ ?

मलाई घरमा राम्रैसँग पढाएर चार्टर्ड एकाउन्टेन्ट बनाउँछु भन्थे। हुन त बैंकमा जागिर खाएँ। जागिरसँगै कला क्षेत्रमा पनि लागें। मेरो रुचि गायनमा पनि थियो। २/४ वटा गीत रेडियो नेपालमा रेकर्ड पनि गराएको थिएँ। अहिले पनि सोख हराएको छैन। पहिले सिरियस खालका रोलहरू गर्थें।

तर, पछि हास्य रोलहरू मन पराउनुभयो। दर्शक भनेको भगवान् भन्ने बुझेको छु। म धन्न कलाक्षेत्रमा लागेछु। कलाक्षेत्रामा लागेका कारण नै मैले धेरै दर्शकको माया पाएँ। धेरै देश घुम्ने मौका पनि पाएँ। हुनत मेरो प्राइभेट लाइफ रहेन होला, परिवारलाई समय दिन भ्याइनँ होला, त्यो आफ्नो ठाउँमा छ।

तर, दुई करोड ८० लाख नेपालीको मायालाई त्यसले जित्छ। मेरो परिवार पनि खुसी छ, मेरो कारणले उनीहरूलाई पनि राम्रो भएको छ। त्यसकारण कलाक्षेत्रमा लागेर धेरै राम्रो गरेछु भनेर गर्व लाग्छ।

 

 

प्रतिक्रिया दिनुहोस्