लेनदेन मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति



रौतहट (नेस)।

सुतिरहेको अवस्थामा मंगलबार राति एकजना महिलालाई प्रहरीले लेनदेन कारोबार गरेको आरोपमा घर घेरा हालेर पक्राउ गरेको छ। पक्राउ परेकी श्रेष्ठसंगै चन्द्रपुर नगरपालिका–६ का वडा अध्यक्ष खडकबहादुर कुश्वारसहित ८ जनालाई प्रतिबादी बनाइएको छ।

चन्द्रपुर नगरपालिका–६ निवासी चिना श्रेष्ठलाई ब्याजमा रकम लगानी गरेको आरोपमा प्रहरीले म·लबार राति घर घेरा हालेर पक्राउ गरेको हो। चीना श्रेष्ठसंग चन्द्रपुरका स्थानीयले लिएको रकम तिर्नुको बदला रकम ठगी गरेको भन्दै उल्टै उजुरी हालेपछि प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ पुर्जीबिना नै नियन्त्रणमा गरेको भन्दै उनको परिवारले आपत्ति जनाएका छन्।जिल्ला अदालत गौरबाट पक्राउ पुर्जी जारी नगरी पक्राउ गरेको भन्दै उनकी छोरी रोजीना श्रेष्ठले बन्दी प्रत्यक्षिकरणमा रिट दायर गरेकी छिन्।

जिल्ला अदालत गौरका ३ नम्बर न्यायाधीश उमानाथ गौतमले पक्राउ परेकी श्रेष्ठलाई २४ घण्टाभित्र अदालतमा हाजिर गर्न आदेश जारी गर्नुभएको छ।

तर प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा आदेश जारी भैसके पनि ५ नम्बर न्यायाधीश चाणकमणि अर्यालले भने प्रहरीलाई अनुसन्धानका लागि पाँच दिनको म्याद अनुमति दिएको जनाइएको छ।

आफूलाई पीडित भन्नेहरूले गृहमन्त्रालयमा उजुरी दिएपछि प्रहरी प्रधानकार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी आएसँगै म·लबार राति ११ बजे घरमा सुतिरहेकै अवस्थामा श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ।

पक्राउ परेकी श्रेष्ठलाई प्रहरीले म्याद थप र पक्राउ पुर्जीसँगै पेश गर्दा जिल्ला न्यायाधीश चाणकमणि अर्यालले पाँच दिनको हिरासतका लागि म्याद दिएको जनाइएको छ। एउटै अदालतबाट बन्दी प्रत्यक्षीकरणमा आदेश र त्यसपछि अर्को इजलासमा म्याद थप हुनु आश्चर्य रहेको एक कानुन ब्यवसायीले बताए।

प्रतिक्रिया दिनुहोस्