नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैतमा



काठमाडौं, (नेस)।

आगामी चैतको पहिलो हप्तादेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सरकारको समेत सहयोगमा हरेक वर्ष आयोजना गर्दै आएको यो वर्षको मेला आगामी चैत्र ६ देखि १० गतेसम्म भृकुटीपण्डपमा आयोजना हुने महासंघले जनाएको छ

स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, स्वदेशी एवं विदेशी लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध र सहकार्यको वातावरण बनाउने र सरकारले नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरेका एनटीआईएस वस्तुको प्रवद्र्धन गर्ने मुख्य हेतुले महासंघले हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ।

अन्तर्राष्ट्रिय व्यापार मेला, वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा आयोजना हुँंदै आएको छ। यस वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२० नवौं संस्करण हो।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८० वटा, भारतबाट ४० वटा, बंगलादेशबाट ६० वटा, थाइल्यान्डबाट २० वटा तथा पाकिस्तानबाट ५ वटा स्टल बुकिङको लागि पत्राचार भइसकेको छ भने नेपाली उद्योग/फर्म/कम्पनीको लागि स्टल बुकिङ खुल्ला गरिएको छ। एनटीआईएस अन्तरर्गतका वस्तुको एक छुट्टै प्याभेलियनको व्यवस्था गरिनेछ। महासंघले मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी करिब ३० देखि ४० वटा मेला विभिन्न भागमा आयोजना हँुदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्