एमसीसी पाडो कि घाँडो ?



नेपालको ठूलो कम्युनिस्टलाई अहिले एमसीसी घाँडो भएको छ। त्यही हात्ती पार्टीका एकजना सांसद्ले चाहिँ त्यसलाई पाडो भनेछन्। नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छोबाबूको अनुहारजस्तो भएको छ नेकपालाई।

ठूलो कम्युनिस्टका ‘ठूलाबा’हरू यसलाई जसरी पनि पारित गराउनैपर्छ भनेर न्वारनदेखिको बल लगाएर कुँदेका कुँदैँछन्। त्यसैले सोही पार्टीका ठूलाबास्तरकै बा नेता खनाल, कवि नेता भीम रावल अनि प्रम ओलीका दोस्रा (मन्त्री गोकुलपछि)विश्वासपात्र ज्ञवाली कार्यदलको सदस्य बनाइएछन्।

धरहरालाई केके न हुने भयो भनेर हुटहुटी नलागेको होइन तर कार्यदलको ‘फरमेसन’ हेर्दा एक्लै बसेर अट्टाहाँस छोड्न मन लाग्यो। किनकि ठूलाबाहरू कति बाठा ? यसका विरोधलाई नै कार्यदलमा राखिदिएपछि त टन्टैखलास। एउटा कट्टरविरोधी, एउटा कट्टर समर्थक एमसीसीको।

बालुवाटारघरे ठूलाबाले त जसरी पनि पारित गर्नै भनिसके। प्रमुख प्रतिपक्षीका ठूलाबा देउवा नै एमसीसीको खरो समर्थक भएपछि सक्किगो नि ? यति सजिलो प्रतिपक्ष कहाँ पाइएला संसारमा ? तै पनि कुरो यत्ति हो खनाल र रावलले नाक काट्ने हुन् कि राख्ने हुन् ? एमसीसी पाडो हुने हो कि घाँडो ? रामजाने !

प्रतिक्रिया दिनुहोस्