चार्ल्स डार्विनमा सांस्कृतिक कार्यक्रम



जोरपाटी नयाँ बस्तीस्थित चाल्र्स डार्विन एकेडेमीले सरस्वती पूजाका अवसरमा विविध सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अक्षरारम्भ कार्यक्रम गरेको छ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत नर्सरीदेखि २ सम्मका श्रेया घिमिरे, गृष्मा थापामगर, निश्चलजंग थापा, सान्भी रिमाल, हिमेश राई, स्वस्तिका श्रेष्ठ, दिव्या कार्की, सृष्टि मगर, आहना शाही, बबी हाङ राईलगायत बालबालिकाले नृत्य, नाटक, गायन, र्याम्प वाक्लगायत विभिन्न कला प्रदर्शन गरेका थिए।
कक्षा ३ देखि ९ सम्मका प्रज्ञा कर्ण, शिशिर भण्डारी, दीपिका कार्की, स्वर्णिम दत्त, सुदीक्षा कर्ण, सफलता खड्का, नवीना गौतम, ऋतु कोइराला, चन्दन बम्जन, विशाल राईलगायतका छात्राछाले कला, विज्ञान, सामाजिकलगायतका विभिन्न शैक्षिक प्रोजेक्ट तथा सामग्री प्रदर्शन गरेका थिए। कार्यक्रममा विद्यार्थीद्वारा निर्मित विभिन्न हस्तकलाका सामग्रीहरू बिक्री तथा प्रदर्शनमा राखिएको थियो भने भिडियोे तथा फोटो प्रदर्शन, खेलकुद पनि कार्यक्रमको अर्को आकर्षणको विषय बनेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले विद्यालयका शिक्षकशिक्षिका विद्यार्थीलाई कार्यक्रमका लागि शुभकामना दिँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो। विद्यालयले विद्यार्थीहरूको निःशुल्क भर्ना कार्यक्रम र शैक्षिक सामग्री वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्