सुनचाँदीको मूल्य वृद्धि



काठमाडांै, (नेस)।

नेपाली बजारमा आइतबार सुनको मूल्य ५ सय रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपियाँमा कारोबार भएको छ।

त्यस्तै तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपियाँ र चाँदी सुन प्रतितोला ५ रुपियाँले बढेर ८९५ रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्