दक्षिणी रसुवामा बाँदरको आतंक, किसानलाई बाली जेगाउन सकस



सरस्वती न्यौपाने, रसुवा ।

खेतवारीमा लगाएका हिउँदे आलु बाँदरले नोक्सान गर्न थालेपछि दक्षिणी भेकका अधिकांस किसानहरू रातदिन पहरा दिन थालेका छन् । स्थानीय समाजसेबी बिष्णुप्रसाद देवकोटाका अनुसार दक्षिणी रसुवाको कालिका गाउँ पालिका वडा नं ५ गैरीफाँट खेत, बडहरे, चित्ती, रूप्सेपानी भदौरे, धुसेनी लगायतका क्षेत्रमा रोपीएका हिउँदे आलुको बोट समेत उखेलेर बाँदरले ती कलिला फल खान थालेपछि किसानले अह्रोरात्र पहरा दिन थालेका हुन ।

आलु खान कम्तीमा दुईसय भन्दाबढीको संख्यामा बाँदरका हूल आउने र दस–बीस जनाले ति बाँदरलाई लखेट्न आँट नपुग्ने भएबाट अहिले त्यस क्षेत्रका सयौ किसान हिउँदको प्रमुख बाली जोगाउन सामुहिक पहरा दिई रहेका र पहरा दिँदा दिँदै पनि खेतीका भन्दा बढी बिरुवा नोक्सान भै सकेको किसानहरू बताउछन।
सयौं हेक्टरमा रोपण गरीएका आलुको बिरूवाले उत्पादन दिन थाली सकेको र फल दिई रहेका बिरुवा रातको समयमा समेत उखलेर बाँदरले खान थालेको बताइएको छ।

बिगतका समयमा बाँदरले कुनैपनी चीज बिहान सूर्योदय भएपछि खाने र सूर्योेस्थपछि खान बन्द गरि ठुला ठुला रूख तथा पहरामा बास लिनजाने गरेको पाइएको थियो

पछिल्लो समय रातको समयमा समेत खाने उस्को बानीमा परिबर्तन आउँदा पछिल्लो पुस्तालाई अन्न तथा फलफुल जोगाई खान समस्या पर्दै गएको स्थानीयले बताएका छन्।

रसुवाको प्रत्येक गाउँ क्षेत्रमा बाँदरको संख्या बढ्दै जाँदा कृर्षि उपज कसरी जोगाउने भन्ने बिषयमा अध्यायन गराई बाँदर व्यवस्थापनको पहल कदमी चालीदिन सरकारसामु किसानले बिनम्रता पुर्वक आग्रह गरिरहेका समाजसेवी देवकोटाले बताउनु भयो

बाँदरको संख्या ह्रवात्तै बढ्दै गएपछि खेतवारीको अलावा घरमा भण्डारण गरिराखेको अन्नपातसमेत घरको धुरीबाट बाँदरले लाने गरेको र घरमा बाँदर पस्न छालेपछि स–साना बाल बालिका डराउन थालेको दक्षिणी रसुवाका बासिन्दाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्