श्रीमतीले भाँचिदिईन श्रीमानको खुट्टा



काठमाडौं ।

भारतकी एक महिला कराँते खेलाडीले श्रीमानको एउटा खुट्टा भाँचिदिएकी छिन् । श्रीमान श्रीमतीको बीचमा सामान्य झगडा भएको र झगडाका क्रममा श्रीमतीले श्रीमानको एउटा खुट्टा नै भाँचिदिएकी हुन् । त्यसपछि श्रीमतीले पिटेको डरले उनले प्रहरीलाई बोलाएका थिए ।

उनले श्रीमतीले झगडाका क्रममा एउटा खुट्टा भाँचिदिएको र शरीरका बिभिन्न अंगमा प्रहार गर्दा रगत जमेको प्रहरीसँगको बयानमा बताएका छन् ।
उनका पिताले ह्विल चियरको सहायतामा अस्पताल पुर्याएका थिए ।

यो भन्दा पहिला पनि उनलाई पत्नीले टाउकोमा पिटेका कारण उनको टाउकोमा धेरै चोट लागेको थियो । डेढ वर्ष अगाडि उनीहरुबीच मायाँ बसेको सन् २०१९ मा विवाह गरेका थिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्