महिला लिग फुटबल प्रतियोगिता : वालिङ्ग र विराटनगर विजयी



सञ्जय कार्की, रौतहट ।

चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बुधबार भएको दुई खेल संगै वालिङ्ग नगरपालिका र बीराटनगर महानगरपालिका सेमिफाईनलमा प्रबेश गरेको छ ।

चन्द्रनिगाहपुरमा रहेको स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा शुन्यका बिरुद्ध ३ गोल सुर्खेतको बीरेन्द्रनगरपालिका लाई हराउदै स्याङ्गजाको वालिङ्ग नगरपालिका बिजयी भएको हो । मध्यान्तर अघि दुबै टिमले गोल गर्ने प्रयास भएपनि सकेको तर मध्यान्तर पछिको पाच मिनेट र ३५ मिनेटमा स्याङ्गजाको वालिङ्ग नगरपालिकाको जर्सीनम्बर १४ की सरस्वती हमालले २ गोल गरेर खेलको अग्रता संगै बिजय लाई सुनिश्चित गरेकी हुन । बालिङ्ग नगरपालिकै जर्सीनम्बर २६ की मनमाया दमाईले खेलको २७ औ मिनेटमा गोल १ गोल गरिन ।

उक्त खेलमा वालिङ्ग नगरपालिकाको सरस्वती हमाल वमन अफ दि म्याच बाट पुरस्कृत भएकी छिन । यस्तै सोही मैदानमा भएको दोस्रो खेलमा शुन्यका बिरुद्ध १ गोलले बर्दियाको बासगढी नगरपालिका लाइ हराउदै बीराटनगर महानगरपालिकाको टिम बिजयी भएको हो । मध्यान्तर अघि भएको खेलको ७ मिनेटमा बीराटनगर महानगरपालिकाकोजर्सी नम्बर १९ की कुसुम खतिवडाले गरेको १ गोललेनै टिम लाई बिजयी बनाएको छ ।

खेलको मध्यान्तर अघि बीराटनगर महानगरपालिकाको टिमको आक्रामक प्रस्तुती रहेको थियो भने मध्यान्तर पछि बासगढी नगरपालिकाको खेल उत्कृष्ट रहेपनि गोल भने हुन सकेन । सो खेलमा बीराटनगर महानगरपालिकाका सरिता शेर्पा लाई वमन अफ दी म्याच बाट पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्