आफ्नै जन्मदिनमा बुबा बने हाँस्य कलाकार तोक्मे बुढा



न्युज अफ नेपाल, काठमाडौँ ।

तोक्मे बुढाको नामले परिचित हाँस्य कलाकार विल्सन विक्रम राई बुबा बनेका छन् ।

गत वर्ष फागुनमा महिनामा सरिना लामासँग विवाह बन्धनमा बाधिएका राईलाई बुधबार बिहान पुत्रलाभ भएको छ । लामाले शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी हुन् ।

चिकित्सकका अनुसार आमा र बच्चा दुबैको स्वस्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

बुबा बनेका राई निकै गदगद देखिएका छन् । उनको यो खुशीको कारण बुबा बन्नुका साथसाथै अरु पनि रहेको छ । त्यो हो, राईको आज जन्मदिन समेत परेको छ । बुबा बनेको खुशीकासँगै राईले आज आफ्नो ३४ औँ जन्मदिन पनि मनाउदै छन् ।

प्रतिक्रिया दिनुहोस्