११ हजार रुपैँयासहित ३ पाकेटमार पक्राउ



न्युज अफ नेपाल, भक्तपुर ।

बसमा पाकेट मारेर भाग्दै गरेको अवस्थामा तीन जना पाकेटमारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार ११ हजार रुपैँयासहित पक्राऊ गरेको हो ।

मध्यपुर थिमि ९ राधेराधेमा काठमाडौँबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारी भाग्दै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्