‘एमसीसीमा नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन’ : प्रधानमन्त्री ओली



k|d+ cf]nL ;Daf]wg sf7df8f}F, !% df3 M sf7df8f}+sf] /fli6«o;ef u[xdf a’waf/b]lv ;’? ePsf] g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf] s]G›Lo ;ldltsf] bf];|f] k””0f{ a}7sdf pkl:yt k|wfgdGqL s]kL zdf{ cf]nL a}7snfO{ ;Djf]wg ub}{ ;fydf g]skfsf cWoIf k”iksdn bfxfn …k|r08Ú nufot g]tfx? . t:aL/ Mk|bLk/fh jGt÷/f;;

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा भ्रम नपाल्न आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले अमेरीकासँग भएको एमसीसी सम्झौताको विषयमा अनावश्यक भ्रम फैलाइएको बताएका छन् । ओलीले विभिन्न प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता गरेकाले एमसीसी राष्ट्रको हित विपरित नभएको बताए । उनले भने, ‘यो अस्तिनै पास भइसक्नु पर्ने थियो, विवाद पनि भएको छ र खर्च पनि हामीले व्यहोर्न पर्ने भएको छ ।’

‘धेरै विवाद गर्नुपर्ने विषय होइन । यो सहायता हो । नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन’ ओलीले भने,‘ जुन सम्झौता गरेका छौं त्यससँग मात्र सम्बन्धित छ एमसीसी । अरुसँग यसको लिंक छैन । पाँच वर्ष भित्र गरिसक्नु पर्ने छ । कार्यक्रम सकिएन भने काम जहाँ भएको छ त्यहाँ रोकिन्छ ।’

उनले एमसीसीमार्फत हुने सम्झौता अनुसार प्राप्त रकम विकासमा मात्र खर्च गर्न पाइने सर्त र सैन्य क्षेत्रमा खर्च गर्न नपाइने सम्झौता भएको उनको दावी थियो।

एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु पर्ने आवश्यकता नभएको बताउँदै ओलीले भने,‘ एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु बेकार हो । कुन देशको के इन्ट्रेस्ट छ भन्ने तरि जाने होइन । हाम्रो प्राथमिकतामा ग्रहण गर्ने हो । अरुका निमित्त गर्ने होइन । हाम्रा लाभका लागि गर्ने हो । अरुका के इन्ट्रेष्ट होला भनेर त्यसको पछाडि जाने कुरा उपयुक्त होइन । ’

ओलीले भने, ‘यसमा कुनै अनुचित कुरा छैन । हाम्रो स्वाधिनता, विकास प्रयास, अन्तर्राष्ट्रिय सम्बन्धमा कतै जोडिएर प्रतिकुल अवस्था पर्ने कुरा छैन’ ओलीले भने,‘ यो वास्तवमा केही अफ्ट्यारो छैन । अमेरिकीहरुले पनि थप स्पष्ट पारेका छन् ।’

प्रतिक्रिया दिनुहोस्