सुनको मूल्य ४ सयले घट्यो



न्युज अफ नेपाल, काठमाडौं ।

बुधबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

मंगलवार प्रतितोला ७६ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । मंगलवार प्रतितोला ८ सय ९५ मा कारोबार भइरहेको चाँदी आज प्रतितोला ८ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्