गोली हानी समातियो ३२ केजी अवैध गाँजासहित तीन भारतीय तस्कर



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा गोली प्रहार गरी अवैध गाँजा तस्करीमा संलग्न तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार मध्यरातमा हेटौंडा–११ थाना भर्‍याङमा भारतीय नम्बर प्लेटको बीआर ०६जी ४४५७ नम्बरको कारलाई रोक्न खोज्दा भाग्न खोजेपछि प्रहरीले कारको टायरमा गोली हानी तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मुजफ्फरपुर घर भएका अजयमल हवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेको छन् । उनीहरु सवार कारबाट ३२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषध गाँजा रहेको उक्त कारलाई हेटौंडा–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानी र लेवर्ट प्रहरीले नियन्त्रणमा लिन खोज्दा भागेका थिए । भागेका उनीहरुलाई वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थाना भर्‍याङमा नियन्त्रणमा लिन खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्