देउवालाई ओलीको जवाफ : धक्का भनेको कोराेनालाई हो



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धक्का भनेर अफूले कोराेना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिएका छन् । मंगलबार बसेको संसद बैठकलाई सम्बोधन गर्दै ओलीले २०२० को सुरुवातमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए ।

ओलीको सम्बोधमाथि कांग्रेस सभापति शेरबहादुर देउवाले धक्का कसले र कहाँबाट आउदै छ भन्दै प्रश्न गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसिरहेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धक्का भनेर आफूले कोरेना भाइरसतिर संकेत गरेको बताएका छन् ।

यससँगै उनले भने, ‘कहाँको धक्का भन्ने पनि कुरा गर्नुभयो । तर हाम्रो सजगता छ भरसक ठूलो धक्का नहोस् ।’ हालसम्म नेपालमा एक जनामा मात्र उक्त भाइरस देखिएको ताउँदै ओलीले सतर्कता अपाउनु आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्